आजको संघीय संसद बैठकमा ५ विधेयक पेश हुँदै



३० साउन २०७५, काठमाडौं

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा ५ विधेयक पेश हुदेैेछन् ।

जसमा सुरक्षित मातृ तथा प्रजनन विधेयक, नेपालको नागरिक्ताको (पहिलो संशोधन) विधेयक, उपभोक्ता संरक्षण विधेयक, निवृत्तभरण विधेयक र अन्तराष्ट्रिय परिवहन उड्ययन विधेयक आदि छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपालको नागरिक्ता (पहिलो संशोधन) विधेयक, त्यस्तै सुरक्षित मातृ प्रजनन विधेयक श्वास्थ्यमान्त्री उपेन्द्र यादवले, उपभोक्ता संरक्षण विधेयक उद्योगमन्त्री मातृकाप्रसाद यादवले, निवृत्तभरण विधेयक अर्थमन्त्री युवराज खतिवडाले र अन्तराष्ट्रिय परिवहन विधेयक नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पेश गर्ने भएका छन् ।

साथै आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले राज्य व्यावस्था तथा सुशासन समिति सहितको सार्वजनिक सुरक्षा तेस्रो संशोधनलाई पारित गरियोस् भनी टेबुल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्