इन्डोनेसिया र चीनमा दुई छुट्टाछुट्टै शक्तिशाली भुकम्प



१९  साउन २०७५, काठमाडौं

जकार्ता इन्डोनेसियाको पुर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार शक्तिशाली भुकम्प गएको छ । ६.१ म्याग्नीच्युडको उक्त भुकम्पबाट कुनै जीउधनको क्षती भने नभएको राष्ट्रिय विपद् व्यावस्थापन एजेन्सीले जनाएको छ ।

त्यसैगरि चीनको उत्तरपश्चिमको किङ्हाई प्रान्तमा पनि भुकम्प भएको छ । ५.१ म्याग्नीच्युडको भुुकम्प गएको ठाउँको क्षतीको पुरा विवरण भने आईनसकेको जानकारी प्राप्त भएको छ ।

स्थानीय समायानुसार शुक्रबार बिहान ९स्३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरु पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्