भावी कानुनमन्त्रीका अवसर र चुनौतीहरु



साउन २०७५, काठमाडौं

एक स्वाभिमानी राष्ट्र नायक शेरबहादुर तामाङको राजीनामाले धेरै भ्रष्टचारीहरु रमाएका होलान ! जो इमानदारीताको पछ्यौरी ओढी कानुन मन्त्रालयबाट बाहिरिएका एक इमानदार नेताको रुपमा आम जनताबाट परिचित हुँदै आएका छ्न् ।

राजकुमार बखती

शेर बहादुर तामाङ कानुनमन्त्री हुँदा मौलिक हक सम्बन्धिका सवै कानुनहरु बनाएर संसदमा पेश गरी सकेका छन् । विदेशी दातृ राष्ट्र तथा संस्थाहरुले जुनसकै कार्यालयमा दिने अनुदान एउटै बाटोबाट नेपाल भित्रिनु पर्छ भन्ने कानुन निर्माण गरी कार्यान्वयन गर्ने प्रक्रिया थालेका थिए ।

सार्वजनिक पदमा रहेका वा सबै न्यायधिशहरुको सम्पत्ति विवरण सार्वजनिक गराई चित्त नबुझेमा छानबिन गरी कारबाही गर्ने सम्मको कानुन निर्माण गरेका छन् । सार्वजनिक खरिद ऐन लगायत कानुन निर्माण गरीसकेका छन् । भ्रष्टाचार र भ्रष्टाचारीलाइ निस्तेज पार्ने खालको कानुन बनाइरहेको समयमा कानुन मन्त्रीपदबाट हात तामाङलाई राजीनामा दिन बाध्य पारिएको छ ।

कानुन बनाउने निकायका व्यक्तिहरुनै इमान्दार हुने हो भने नेपालमा ७० प्रतिशत भ्रष्टाचारमा कमी आउने कुरामा कुनै दुइमत छैन् । राज्यकोषबाट अरबौ अरब घोटाला गरेकाहरु एउटा न्यायाधीशलाई बृफकेशमा १० लाख बुझाउँदा धरौटी रिहा हुने आदेश दिन्छन् । त्यस्ता भ्रष्टाचारीलाई समात्नको लागि राज्यले राज्यको सबै सुरक्षा अङ्गहरु परिचालन गरी समात्न सफल हुन्छन् । तर न्यायाधीशको एउटा बदनियतपूर्ण फैसलाले जस्तो अपराधिपनि सजिलै उम्कन्छन् ।

न्यायधिशका अधिकारका सिमा निर्धारणको कानुनहरु बनिरहेका बेला तामाङले राजीनामा दिनुपर्याे । कानुनमन्त्रीको जो आए पनि तामाङले गरेका प्रयाशहरुले सार्थकता पाउनुपर्छ । किनकि हामीले बुझिसक्यौं उपयुक्त कानुनको निर्माणले भ्रष्टाचार अन्त्यको लागि ठूलो भूमिका खेल्नेछन् । भ्रष्टाचार विरुद्ध शेर बहादुर तामाङले चलाएको आभियान स्पष्टसँग अगाडि नबढाउने हो भने जनता सड्कमा उत्रिन्छन् र भावी कानुनमन्त्रीले राजिनामा दिन पर्ने संभावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्