पुर्बेली भाकाको पहिलो तीज गीत बजारमा चर्चा बटुल्दै (भिडियो सहित)



०३ साउन २०७५, काठमाडौं

तीज नजिकिदै गर्दा एउटा फरक स्वदको पुर्बेली भाकामा रहेको तीज गीत “तीजको लहर गाउँ र शहर” चर्चा बटुल्दै बजारमा आएको छ। जिएस संगमको शब्द र लयमा रहेको गीतमा कल्पना दुलाल, काब्य आचार्य, गीतादेवी र टिका आलेको स्वर रहेको छ।

गौरव गिरीको संगीत संयोजन रहेको गीतमा सविता राना, दिपा बस्याल लगायतको बेजोड प्रस्तुति देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा गौरव आफैले निर्देशन गरेका छन्।

सुमधुर रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीत एसडीआर स्टुडियोको युटुब च्यानलबाट सार्वजानिक गरिएको छ भने उक्त गीतले अहिले चर्चा बटुल्न सफल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्