चुनावमा लाखौं खर्च दिएका गोरेलाई सांसद खतिवडाले भने ‘को हो गोरे म चिन्दिन पनि जान्दिन पनि’



१२ जेठ २०७५, काठमाडौँ

३३ किलो सुन तस्करीमा गोरेको सहयोगी पक्राउपछि मोरङ निर्वाचन क्षेत्र नं.  १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद घनश्यान खतिवडाको नाम समेत चर्चामा आएको थियो ।  विभिन्न संचार माध्यममा  सुन तस्करीका नाइके चुडामणी उप्रेती (गोरे) ले खतिवडालाई चुनावमा लाखौं खर्च दिएको समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गरेका छन् ।

सांसद खतिवडाले आफ्नो इमान र निष्ठाको राजनीतिक करियरमाथि आँच पुर्याउने षड्यन्त्र भईरहेको बताउँदै उनले भने,‘को हो गोरे म चिन्दिन पनि जान्दिन पनि । अहिले सुन तस्कर हो भनेर समाचार आएपछि मात्र चिनेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्