नेपाल विश्वका घुम्नैपर्ने देशको १ नम्बर सूचीमा



काठमाडौँ : विश्वको गरिब सूचीमा रहेको नेपाल, प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।

विश्वका पर्यटकहरुको गन्तब्य बन्ने गरेको नेपाल संसारका विकसित देशलाईपछि पार्दै घुम्नै पर्ने देशहरूको पहिलो स्थानमा पारेको हो । अमेरिकी चर्चित ट्राभल वेबसाइट ‘लोन्ली प्लानेट’ले २०१७ मा घुम्नै पर्ने देशहरू भनेर तयार पारेको सूचीमा नेपालको नाम शिर्ष स्थानमा राखेको छ ।

नेपालमा घुम्न जाँदा आफूले खर्च गरेको पैसा र समयको मूल्यको सही सदुपयोग हुने भन्दै संसारकै वेष्ट भ्यालु गन्तव्यको रुपमा नेपालको नाम परेको छ । लोन्ली प्लानेटले विश्वका १९० देशबाट नेपाललाई पहिलो नम्बरमा छानेको हो । आफ्नो वेवसाइटमा प्रकाशित गरेको सूचीमा १९० देशबाट उत्कृष्ट १० देशहरु :
१. नेपाल
२. नाविबिया
३. पोर्चुगलको पोर्टो
४. इटालीको भेनिस
५. हंगेरीको डेब्रेसेन
६. बेलिज
७. मोरक्को
८. रसिया
९. अस्ट्रेलियाको बेल्लारिन पेनिनसुला
१०. अमेरिकाको मिसिगन अफर पेनिनसुला

यो सम्बन्धित देश घुमेका पर्यटकको अनुभव र प्रतिनिधीको मूल्यांकनका आधारको सूची हो । नेपालमा घुमेका हजारौं पर्यटक र लोन्ली प्लानेटका लेखक प्रतिनिधिले दिएको रिपोर्टका आधारमा नेपालाई पहिलो नम्बरमा घुम्नैपर्ने देश मध्ये राखेको बताइएको छ ।

“नेपाल भूकम्प र नाकाबन्दीको अप्ठारो परिस्थितीबाट पूर्णरुपमा आफ्नो लयमा फर्किसकेको छ,” लोन्ली प्लानेटले लेखेका छन्, “नेपालमा घुम्नेहरूको संख्या बिस्तारै बढिरहेको र नेपाल अब घुम्नै पर्ने देशमा परेको छ ।” उनले भने, नेपाल सस्तो मूल्यमा विश्वका उत्कृष्ट ट्रेकिङ र वाइल्ड लाइफ हेर्न सकिने देश हो ।

“दिनको ५० डलर खर्चर गरेर यो सबै गर्न सकिन्छ,” लोन्ली प्लानेटले लेखे, “तपाई नेपालको जहाँ गए पनि न्यानो स्वागत पाउन सक्नुहुन्छ ।” उसले नेपाल भूकम्पको क्षतिबाट फर्किदै गरेकाले यहाँका समूदायलाई नयाँ आम्दानीको खाचो परेको भन्दै नेपाल घुम्न भनेको छ ।

नेपालपछि विश्वका वेष्ट भ्यालु गन्तव्यमा रुपमा दोस्रोमा नाविबिया र तेस्रोमा पोर्चुगलको पोर्टो, चौथो देखि दशौं नम्बरमा क्रमश इटाली, हंगेरी, बेलिज, मोरक्को, रसिया, अस्ट्रेलिया र अमेरिकालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्