अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया शुरु…



६ चैत २०७४ काठमाडौं ।

अस्ट्रेलियाले नयाँ भिसा प्रक्रिया जारी गरेको छ । अस्ट्रेलियाले गएको आइतबारदेखि दुई किसिमको भिसा प्रक्रिया सुरु गरेको हो ।

यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि सुरु गरिएको भिसालाई छोटो अवधि र लामो अवधिको भनेर वर्गीकरण गरिएको छ ।

लागू गरिएको भिसााको सर्त विद्यार्थीलाई पूरा गर्न कठिन हुने बताइएको छ । लामो भिसामा अस्ट्रेलिया जाने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् । तर, छोटो भिसामा जानेहरुले उक्त सुविधा लिन नपाउने भएका छन् ।

भिसा दुई वर्षे भिसामा अष्ट्रेलिया पुगेकाहरु फर्कनु पर्नेछ भने चार वर्षका लागि वर्षका लागि जानेहरूले ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् । यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत राखिएको छ ।

अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ । यस भिसामा विदेशबाट आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्