एमालेकी शिवमाया तुम्बाहाम्फेको उपसभामुखमा उम्मेदवारी दर्ता



काठमाडौं , २ चैत

उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् ।

कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो ।

तर, एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्