श्रीपशुपतिनाथ महोत्सवको पहिलो दिन वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटोफिचर)



काठमाडौँ, १ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्रमा भइरहेको पशुपति महोत्सवमा वृहत सांस्कृतिक तथा सांगीतीक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारद्वारा धुमधामसँग प्रस्तुती भइरहेको छ ।

यस कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तानले लालीपाते अजम्बरी बोलको गीत पहिलो प्रस्तुतीमा गाएकी थिइन् भने उनको चर्चित गीत गोठालो जाँदा लाएको माया भन्ने गीतमा दर्शकहरुले नाचेर साथ दिएका थिए । लोक गायिका रिता बुढाथोकीले काम गर्नलाई जाँदै थिए गैरी खेत एउटा झिल्के बाटैमा भयो भेट भन्ने बोलको गीतले दर्शकलाई छमछमी नचाइन भने बन्दना मैनालीले भोजपुर भाषामा दमदार प्रस्तुत गरिन् ।

त्यस्तै नेपाली हास्यजगतमा चिर परिचत हास्यकलाकार राजा राजेन्द्र पोख्रेलको प्रस्तुतिले दर्शक पेट मिचिमिचि हाँसेका थिए । साथै, बेजोड नृत्य प्रस्तुतीले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो । यस सांस्कृतिक कार्यक्रम चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्