अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ



काठमाडौँ — आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे ।

भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे ।

ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ ।

हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । न्यूरो सम्बन्धिको रोगका कारण २१ वर्षको उमेरमा प्यारालाइज्ड भए ।

डाक्टरहरुले दुई वर्षसम्म मात्र बाँच्छ भनेर घोषणा गरे, थप ५५ वर्षसम्म बाँचेर देखाइदिए । उनको त्यो ‘बोनस’को जीन्दगीले २१औँ शताब्दीको विज्ञानले ठूलो फड्को मार्‍यो ।

हकिङको जन्म यूकेको क्याब्रिजमा भयो । पीता फ्रयाङ र स्कटिस आमा इजोबेलको एक मात्र छोरा हकिङका दुईजना बहिनीहरु छन् । एक जना धर्मपूत्र दाजु ।

सेन्ट अल्बान्स स्कूलमा पढे, क्याब्रिजबाट ग्रयाजुएशन गरे भने अक्सफोर्डबाट पिजी गरे । सन् १९६६ मा कस्मोलोजी र एप्लाइड म्याथम्याटिक्समा पिएचडी पूरा गरे ।

क्याब्रिजमा १९७९ देखि २००९ सम्म लुकासियन म्याथम्याटिक्सको प्रोफसरका रुपमा काम गरे । सो अवधिमा ३९ जना पिएचडीका विद्यार्थीहरुलाई ‘सुपरभाइज्ड’गरे ।

शरिरका कुनै अंग चल्दैन थियो । न्यूरो सम्बन्धिको रोगले च्यापेपछि आवाज निस्किन छाड्यो । गालाको मांशपेशी मात्र चल्दथ्यो । मसिन स्पिकिङ जेनेरेटिङ डिभाइसको मद्दतले कुरा गर्थे । उनका दुई जना श्रीमती भएपनि कुनैसँग दाम्पत्य जीवन सफल हुन सकेन । सन् १९६५ मा जेन विल्डसँग विवाह गरेपनि १९९५ मा डिर्भोस भयो । दोस्रो श्रीमती इलेनी म्यासोनसँग १९९५ मै विवाह गरेपनि २००६ मा इलेनीले पनि हकिङलाई छाडिन् ।

सन् १९८८ मा हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लाइ दियो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भयो । पत्रपत्रिकाहरुमा दुई सय हप्तासम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भए ।

आधुनिक खगोलशास्त्र र आधुनिक भौतिक विज्ञान अध्ययन गर्नका लागि चाहिने जानकारी पुस्तकमा थियो । पुस्तकमा ब्रह्माण्डको शुरुवात, विकास र यसको अन्त्यका बारेमा चर्चा गरिएको थियो । अन्तरीक्ष र समयको बारेमा समेत पुस्तकमा उल्लेख गरिएको थियो ।

हकिङले बिक ब्याङ र ब्ल्याक होलको बारे विश्वलाई जानकारी गराए । ‘ब्ल्याक होल’ सिद्धान्त प्रतिपादन गरे । ‘थेउरी अफ एभ्रिथ्रिङ’ उनको अर्को महत्वपूर्ण खोज थियो ।
भौतिक विज्ञानका सबै सिद्धान्तलाई परिभाषित गर्ने ‘थेउरी अफ एभ्रिथिङ’मा हकिङ सफल बने । उक्त सिद्धान्त अध्ययन गर्ने क्रममा अल्बर्ट आइन्सटाइन भने असफल बनेका थिए । आइन्सटाइन ‘यूनिफाइड थेउरी’मा सफल पाउन सकेका थिएनन् । उनको जीवनमा आधरित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रिथिङ’ भन्ने हलिउड फिल्मको निर्माण भयो । जुन आज पनि चर्चित छ ।

ब्ल्याक होलको बारेमा विश्वका अधिकांश मुलुकहरुमा पढाइ हुन्छ । नेपालमा कक्षा १० को विज्ञान कितावमा पनि यसको बारेमा अध्ययन गर्नुपर्छ ।

ब्ल्याक होलको खोज खगोलीय विज्ञानको महत्वपूर्ण उपलब्धी मानिन्छ । ब्ल्याक होल अति धेरै गुरुत्वाकर्षण भएको क्षेत्र हो । जहाँबाट प्रकाश परावर्तन भएर बाहिर आउन सक्दैन । ब्ल्याक होलमा प्रकाश (फाटोन) प्रवेश गरेपछि बाहिर आउन सक्दैन । उनले यसको पुष्टि पनि गरिदिए । अन्तरीक्षको कुनै एउटा ठाउँमा प्रकाशका किरणहरु बाङ्गिएको थाहा पाएपछि अध्ययन गर्ने क्रममा उनले ब्ल्याक होल भएको पत्ता लगाएका थिए ।

हकिङले ब्रह्माण्डमा समयको शुरुवात सम्बन्धमा समेत व्याख्या गरिदिए । उनले आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई अझ व्याख्या गर्दै समय पनि सापेक्ष हुन्छ भन्ने कुरा सिद्धि गरिदिए ।

यस बाहेक हकिङले हकिङस् रेडिएसन, हकिङ फर्मूलाजस्ता सिद्धान्तहरु प्रतिपादन गरे । उनलाई संयुक्त राज्य अमेरिकाले सन् २००९ मा प्रेसिडेन्टल मेडल फर फ्रिडम पुरस्कारबाट सम्मानित गरेको थियो । सन् १९७८ मा अल्बर्ट आइन्सटईन अवार्ड, १९८८ मा वल्फ प्राइज, १९९६ मा अडाम्स् प्राइज, फाण्डमेन्टल फिजिक्स अवार्ड २०१२ पाएका थिए । सन् २०१५ मा उनलाई नलेज अवार्डबाट पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

उनको जीवनकालमा बीबीसीको १०० ब्रिटोन्समा २५ औँ नम्बरमा समेत अटाउन सफल भए ।

हकिङ संसारबाट बिदा भएर त गए । तर, उनका मानवताको भविष्य सम्बन्धि भविष्यवाणी (सन् २००६), विज्ञान र आदर्श, धर्म सम्बन्धि कुराहरु हाम्रा लागि महत्वपूर्ण रहिरहने छन् ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचारहरुको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहोस्