०५ असोज २०७५, काठमाडौं
ओमानको नेपाली दूतावासले बुधबार संविधान दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा हजुर ओमनका अरबी गायक मोहम्मद रफीले पहिलो पटकस्वर सम्राट नारायण गोपालको “एउटा मान्छेको मायाले कति” भन्ने गीत गाएका थिए ।
उनले गीत संगीतमा कुनै भाषा धर्म नहुने र आफूले उक्त नेपाली गीत स्टेजमा गाएर नेपाल र ओमनबिचको भावनात्मक सम्बन्ध थप उचाइमा र्पुयाउन चाहेको बताए ।
भारतको गायन रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता समेत रहेका रफीले ओमनमा नेपालीको उपस्थितीले दुई देशीय सम्बन्ध थप बलियो भएको बताए । कार्यक्रममा ओमनका सूचना मन्त्री हामिद बिन मोहम्मद अल रशिदको प्रमुख आतिथ्यता तथा ओमान सरकारका बिभिन्न २० निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।