प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन् ।

आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्‍यवादको प्रस्ताव गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्