काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १३ कौडोलमा रहेको सम्पर्क कार्यालयमा नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता सानुकाजी खत्रीले गालीगलौच गर्दै हातपात गरेका छन् ।
मादक पदार्थ सेवन गरेका काँग्रेसी नेता खत्रीले कार्यालयमा प्रवेश गरी नेकपा एमाले बूढाननीलकण्ठ–१३ का सचिवालय सदस्य गोकुल खत्रीमाथि आक्रमण गरेका हुन् ।
कार्तिक २५ गते साँझ आन्दाजी ५ः५० बजेको समयमा नेकपा एमालेको सम्पर्क कार्यालय प्रवेस गरेका खत्रीले अपशव्द बोल्दै हातपात गरेकोमा दुख व्यक्त गर्दै नेकपा एमाले बुढानिलकण्ठ–१३ ले घटनाको छानविनका लागि माग गरेको छ ।