१६ चैत्र २०७६, काठमाडौं
मुलुक ‘लकडाउन्’ भएपनि भारतसँगको विभिन्न नाकाबाट आइतबार (आज) मात्र २ सय ५० जना नेपाली नेपाल भित्रिएका छन् ।
उनीहरु सबैलाई सीमा नाकामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गड्डाचौकी नाकाबाट १ सय ७० जना, अछाममा ५३ जना, काँकरभित्ताबाट ११ जना, कृष्णनगरबाट ३ जना र जोगबनीबाट १३ जना नेपाल प्रवेश गरेका हुन् ।
उनीहरु सबैलाई प्रवेशस्थल नजिकको क्वारेन्टाइनमा राखिएको बताइएको छ । सरकारले चैत ११ गतेबाट १७ गतेसम्मको लागि ‘लकडाउन्’ गरेको छ ।
तर भारतबाट नेपाल आउने नेपाली भने बढेको बढ्यै छन् । देशभरि सेनाले ७ हजार २ सय ३४ जना अट्ने क्वारेन्टाइन निर्माण गरेको छ । जहाँ शनिबारसम्म १ हजार १० जनालाई राखिएको थियो ।
यसबाहेक सेनाले १ सय ९२ आइसीयूसहित २ हजार ९४ आइसोलेसन बेड तयार गरेको छ ।
|तस्वीरमा भारतबाट नेपाली फर्कँदै नेपाली। फाइल तस्वीर|