टुँडिखेलमा किराँतीको साकेला सिली [फोटो/भिडियो]



२९ मंसिर २०७६, काठमाडौं

किराँत समुदायको सबैभन्दा ठूलो पर्व उधौली शनिबार किराँत समुदायले काठमाडौंको टुँडिखेलमा मनाएका छन्।

वर्षमा दुई पटक(वैशाख पूर्णिमामा उभौली–मंसिर पूर्णिमामा उधौली) मनाइने यो पर्वमा किराँत समुदायका राई, सुनुवार, याक्खा तथा थुलुङ समुदायलगायतले साकेला सिली नाँच्ने गर्छन्।

साकेला उधौली पर्व जाडो मौसम शुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै बेंसी लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ।

साकेला सिलीमा विभिन्न जीवजन्तु तथा मानव कार्यको नक्कल गर्ने गरिन्छ।

साकेला सिलीमा रम्दै किराँती चेली–माइतीः

थप तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्