मिडिया सर्वेक्षणमा समेत नगरप्रमुखको दौडमा मिठाराम अधिकारी लोकप्रिय



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा कसलाई छान्नुहुन्छ भन्ने परिवर्तन खबरको सामाजिक संजाल सर्वेक्षणमा वर्तमान नगरप्रमुख उद्धव खरेल भन्दा मिठाराम अधिकारी निकै लोकप्रिय देखिएका छन् ।

मिठाराम अधिकारी र उद्धव खरेलको फोटो सहितको सर्वेक्षणमा समेत धेरैले मिठाराम अधिकारीलाई नगरप्रमुखको रुपमा रुचाएको देखिन्छ ।

अर्काे स्थानीय मिडिया कपन अनलाइनले गरेको सर्वेक्षणमा समेत मिठाराम अधिकारी नै अग्रपंक्तिमा देखिन्छन् । सामाजिक संजालका प्रयोगकर्तामध्ये थोरैले सहभागीता जनाएको भएपनि सहभागीता जनाएका मध्ये डबल भन्दा धेरैले अधिकारी छानेपछि नगरप्रमुख खरेलको पाँच बर्षे कार्यकाल प्रति नगरवासी त्यति सन्तुष्ट भएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्