व्यक्तिगत अहंकारले पतनतर्फ उद्धव खरेल : किन छोडे सहयात्रीले साथ ?



काठमाडौं । देशकै दोश्रो ठूलो जनसंख्या रहेको बूढानीलकण्ठ नगरपालिकामा जम्मा ४८,४७५ मतदाता रहेका छन्। १३ ओटा वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा पूर्व शिक्षक तथा पूर्व गाविस अध्यक्ष उद्धव खरेलले केन्द्रिय नेताको आशीर्वादमा टिकट पाए।

नेकपा एमालेको जनमत बलियो भएको बूढानीलकण्ठ नगरपालिकामा एमालेले जित्नु नियमित प्रक्रिया जस्तै थियो। उनी मात्र होईन, १३ वडामा ११ वडा एमालेले जित्यो। आफ्नो भन्दा उपप्रमुखको मतमा निकै अन्तर थियो, सर्वज्ञानी खरेलले उपप्रमुख भन्दा आफू कम लोकप्रिय छु भन्ने कहिल्यै बुझेनन्।

पार्टीका प्रभावशाली नेताहरु ईश्वर पोखरेल र डा। राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा अरबौँका परियोजनाहरु पारे, पारेका धेरैजसो योजनाहरु कार्यान्वयन चरणमा रहे। झट्ट हेर्दा विकास भएको देखिन्छ त्यसमा खरेल नेतृत्वको पालिकाले खासै योगदान गरेको छैन।

बूढानीलकण्ठमा देखिने गरी भएका विकास निर्माणका काममा ठूला सडकबाटो, ढल, पार्क, सार्वजनिक भवन, अस्पताल, विद्यालयको पूनः निर्माण आदि हुन्। जसमा स्थानीय सरकारको खासै लगानी नै छैन। अझ भन्ने हो भने यी संरचनाहरुमा नगरको योगदान करिब १० प्रतिशतको हाराहारीमा मात्र छ।

नगरप्रमुखले नगरपालिकाबाट गरेका कामहरुमा खासै फरक देखिएन। यद्दपी जनताले पाउने सेवा, सुविधामा केहि सहजता भयो। स्थानीय सरकार भएको कारणले कोभिडको महामारीमा स्थानीय जनतालाई केहि राहत महशुस भयो ।

बूढानीलकण्ठ नगरपालिका भित्रका पार्टी नेताहरु, पूर्व गाविस अध्यक्षहरु, समाजसेवी र बुद्दिजिविको एउटा सल्लाहकार समिति बन्यो। त्यसमा विकास विज्ञदेखि, स्थानीय सरकारलाई सहयोग गर्ने अनुभवी व्यक्तित्वहरु थिए। सर्वज्ञानी नगरप्रमुख खरेलले सल्लाहकारको समूहले काम गर्दा आफू कमजोर हुने देखे, आफ्नो खाएर नगरविकासमा योगदान गर्न गएकाहरुलाई खरेलले सौताको व्यवहार गर्न थालेपछि क्रमिक रुपमा सल्लाहकारहरु साथ दिन छोडे। अन्तिम समयमा प्रमुख सल्लाहकारको रुपमा सुन्दर पुर्कुटीले सहयोग गरिरहे।

असहयोग र अपमान सहेर भएपनि पुर्कुटीले केहि समय सहयोग गरे। अरुको कुरा सुन्ने क्षमता नै नभएका कारण करिब निष्क्रिय जस्तै भएका बेला सरकारले जिम्मेवारी दिएको राष्ट्रिय दलित आयोगको सदस्य भएपछि खरेल अहिले भेट्न गएकाहरुसँग सल्लाहकार र कर्मचारीको कुरा काटेर दिनचर्या बिताईरहेका छन् ।

खरेलबाट पिडित भएका मध्ये उनका सहयोगी सुमित खरेल मुख्य पात्र हुन् । युवा पुस्ताका सुमितले धेरै रचनात्मक कामहरु गर्न चाहे । करिव चार वर्ष उनीसँगै सहयात्रामा रहेका सुमितले अपमानलाई बदलामा रुपान्तरण गर्न आगामी निर्वाचनमा नगरप्रमुखका स्वतन्त्र उम्मेद्वार नै बने ।

वि.सं. २०५४ मा सँगै गाविस अध्यक्ष भएका बालकृष्ण श्रेष्ठ बूढानीलकण्ठ–३ को वडाध्यक्षमा समेत निर्वाचित भएपनि खरेलकै कारण पार्टी परित्याग गरे ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेले बूढानीलकण्ठका आठ वटै वडाबाट सानदार रुपमा जितेको थियो तर संघीय निर्वाचनमा डा. राजन भट्टराईले अपेक्षा विपरीत मतपरिणाम प्राप्त गरे । यसो हुनुमा संघीय सांसद गगन थापाको बमकाण्डले निर्णायक भूमिका खेल्यो । त्योबेलादेखि एमाले कार्यकर्ताहरुमा आशंका उब्जिएको छ । नगरप्रमुखकै वडामा उनले प्राप्त गरेको मतभन्दा डा. राजन भट्टराईलाई मत तुलनात्मक रुपमा आधा नै देखियो ।

नेपाली काँग्रेसका नेता गगन थापाले चुनावी मोर्चामा अन्तिम ब्रम्हास्त्रको रुपमा सुनियोजित ढङ्गले पड्काएको बम काण्डको स्थान किन नगरप्रमुखकै वडामा पर्न गयो भन्ने प्रश्न अहिले पनि आम पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरुमा आशंका रहेको छ ? (सनसनीपूर्ण खुलासा अर्काे अंकमा)

प्रतिक्रिया दिनुहोस्