प्रधानमन्त्रीलाई नायिका ऋचा शर्माको पत्र- ‘मलाई मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’



आजभोली देशमा बलात्कारका घटना धेरै नै घट्न छ । दिनमा एउटा बलात्कारकको केस नआएको तथ्यांक आजभोली पाइन्न । यसमा सरकारले भने त्यति चासो दिएको देखिदैन ।

यसबिच नायिकका ऋचा शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् ।

उनले आजभोली आफ्नी छोरी पो जन्मने हुने कि भनेर डर लाग्न थालेको बताएकी छिन् । आफूले जति संकार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितीमा सन्तान हुर्किन्छन् कि भन्ने पिर आफूलाई पर्न थालेको ऋचाले उल्लेख गरेकी छिन् ।

ऋचाको स्टाटस जस्ताको तस्तै-

आदरणीय प्रधानमन्त्री ज्यू,एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!

निवेदक एक आम नेपाली नारी

ऋचा शर्मा

प्रतिक्रिया दिनुहोस्