दर्शकले गरे कपिल शर्मा शो बहिष्कार गर्न माग, यस्तो छ कारण…



द कपिल शर्मा शो भारतको सर्वाधिक लोकप्रिय शो हो । तर बेला बेलामा कपिल शर्मा शो विवादमा आउने गरेको छ । यसपटक त विवादमा आउने मात्र होइन कपिल शर्मा शो बन्द नै गर्न जनताले माग गरिरहेका छन् ।

वास्तवमा एपिसोडको एउटा चरणमा ‘बच्चा यादव’ अर्थात् किकू शारदा पत्रकार अर्नब गोस्वामीको नक्कल गरिरहेको देखिएका छन् । जसमा अर्नबका समर्थक र सुहान्त सिंह राजपूतको न्यायको माग गर्नेहरु रिसाएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले कपिललाई निकै गाली गरिरहेका छन् भने ट्वीटरमा कपिल शर्मा शो भनेर ट्रेन नै चलाएका छन् । यसबारे हालसम्म कपिलले कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्