कोरोना जितेपछि फेरि ‘इन्डियाज् बेष्ट डान्सर’ को सेटमा फर्किइन् मलाइका



बलिउड अभिनेत्री मलाइका अरोरामा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनसमा थिइन् । उनीसँगै उनका प्रेमी अर्जुन कपुरमा पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना लाग्नुअघि मलाइका इन्डियाज् बेष्ट डान्सर मा व्यस्त थिइन् ।

मलाइकालाई कोरोना लागेपछि केहीसमयको लागि मलाइकाको ठाउँमा नोरा फतेहीलाई निर्णायकको रुपमा राखिएको थियो । अहिले भने मलाइका पूर्ण रुपमा स्वस्थ भैसकेकी छिन् ।

 उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू पुरै ठिक भएको र इन्डियाज् बेष्ट डान्सरको मञ्चमा फेरि फर्किएको जानकारी दिएकी छिन् । उनले पुनः उक्त स्टेजमा फर्कन पाउँदा आफूलाई निकै नै खुसी लागेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्