५३ दिनदेखि लगातार बिग्रदैँछ बलिउड अभिनेता संजय दत्तको स्वास्थ्य



बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएपछि उनी भारतमा उपचार गराइरहेका थिए । केहीसमय अघिमात्र सञ्जय थप उपचारका लागि दुबई गएका थिए । यतिबेला सञ्जयको उपचार भैरहेको छ ।

तर हालै सार्वजनिक भएको सञ्जयको एक तस्बिरले भने उनका फ्यानलाई निकै निराश बनाएको छ । तस्बिरमा सञ्जय निकै नै कमजोर देखिएका छन् । उनको अनुहार हेरेर उनको स्वास्थ्य अवस्था निकै बिग्रिरहेको अनुमान लगाउन सकिन्छ । यद्यपि यसबारे परिवारले भने कुनैपनि जानकारी दिएको छैन ।

सञ्जयलाई चौथो स्टेजको क्यान्सर भएको छ ।   

प्रतिक्रिया दिनुहोस्