कगंनाले महेशमाथि लगाइन् यस्तो आरोप, महेशकी श्रीमतीले कगंनालाई दिइन् कडा जवाफ



कगंना रनावत बेला बेलामा विवादमा तानिरहने नायिका हुन् । उनी आफ्नो मनमा लागेको कुरा निर्धक्क भएर लेख्ने गर्छिन् । जसका कारण उनी आलोचित हुने गरेकी छिन् । यतिबेला पनि सामाजिक सञ्जालमा कगंना रनावतको महेश भट्टकी श्रीमती सोनीसँग चर्काचर्की परिरहेको छ । दुवैले ट्वीटरमार्फत एकअर्कालाई हिलो छ्याप्ने काम गरिरहेका छन् ।

हालैमात्र एम्सले रिपोर्ट सार्वजनिक गर्दै सुशान्तको मृत्यु नभएर आत्महत्या भएको बताएको थियो । यसबारे कगंनाले ट्वीट गरेकी थिइन् ।

कगंनाले ट्वीटमा लेखेकी छिन्, ‘हामीलाई केही प्रश्नको जवाफ चाहिन्छ । सुशान्तले भनेका थिए कि ठूला निर्माण कम्पनीले उनलाई प्रतिबन्ध गरेका थिए । हामीले थाहा पाउनुपर्छ कि उनीहरु को थिए रु अर्को कि मिडियाले उनी बलात्कारी भएको झुटो खबर किन फैलायो ?’

यस्तै कंगनाले अर्को प्रश्न पनि सोधिन्, ‘महेश भट्टले सुशान्तको मनोविश्लेषण किन गरिरहेका थिए ?’

कगंनाको ट्वीटमाथि आपत्ति जनाउँदै सोनीले अर्को ट्वीट गरेकी छिन् । उनले कसैको नाम इंकित गरेकी छैनन् । तर उनले उक्त ट्वीट कगंनाको लागि नै गरेको भने स्पष्ट थाहा हुन्छ ।

सोनीले ट्वीटमा लेखिन्, ‘कोही व्यक्ति बिहान अचानक उठेर आत्महत्या गर्दैन भनेर जसले भनेको छ नि, त्यो कुरामा म सहमत छु । यस्तो कसैले पनि गर्दैन । यही त पूरा मुद्दा हो । उनीहरु लामो समयसम्म पीडित भएका हुन्छन्, निकै समस्या झेलिसकेका हुन्छन्, त्यसपछि नै त यस्तो कदम उठाउँछन् ।’  

प्रतिक्रिया दिनुहोस्