सरकारले अनुमति नदिएका कारण छायांकनमा जान सकेन अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’



अस्ति शुक्रबारबाट छायांकनमा जाने भनिएको चलचित्र ए मेरो हजुर ४ को छायांकन शुक्रबारबाट सुरु हुन सकेन ।

चलचित्रमा निर्माता सुनिल कुमार थापाले सरकारले अहिलेसम्म चलचित्रको छायांकनको लागि अनुमति नदिएकाले छायांकन सुरु गर्न नसकेको जानकारी दिएका छन् । उनले सरकारले अनुमति दिएको भोलिपल्ट बाट ए मेरो हजुर ४ को छायांकन सुरु गरिने जानकारी दिएका छन् ।

ए मेरो हजुर ४ मा दोस्रो पटक दर्शकले अनमोल र सुहानालाई देख्न पाउने भएका छन् । यस्तै चलचित्रमा सलोन बस्नेत र दुर्गेश थापाको पनि मुख्य भूमिका रहेको बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्