तराई, पहाड र हिमालको समुचित विकास हुने आधार तयार : मुख्यमन्त्री राई



०४ बैशाख २०७७७, विराटनगर

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् ।

बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताए ।

उनले यसअघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुँदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पुर्‍याउने बताए ।

सरकारले चाहेको आर्थिक समृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताए । उनले अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताए । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामाना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत  यो दिग्दर्शनले आधार तयार गरेको उनको भनाइ थियो ।

अहिले कोरोना भाइसरका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको समेत उहाँले जानकारी दिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको बताए । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताए । भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पुर्‍याउनुपर्ने अवस्था आउनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्