भारत तस्करी हुन लागेको अवैध रक्सी सशस्त्र प्रहरीद्वारा बरामद



०४ वैशाख २०७७, काठमाडौं

सशस्त्र प्रहरीले भारत निकासी गर्न लागिएको ५५ पेटी रक्सी बरामद गरेको छ ।

मंगलबार साँझ तस्करहरुले ५५ पेटी रक्सी डुङ्गामा लोड गरि नारायणीमा तार्दै भारतको विहार भित्राउन लाग्दा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सीमामा खटिएको शसस्त्र प्रहरीले डुङ्गा सहित रक्सी बरामद गरेको हो । प्रहरीलाई देखेपछि तस्करहरु भने फरार भएका छन् ।  लकडाउनको मौका पारी स्थानीय तस्करहरुले सुस्ता गाउँपालिका ५ रामनगरबाट ६२ हजारको ५५ पेटी रक्सी डुङ्गामा लोड गरी नदीको बाटो डुङ्गा तार्दै भारत भित्राउन खोज्दा सीमामा खटिएका शसस्त्र प्रहरीले नदीमा हाम फालेर रक्सी र डुङ्गा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए ।

उनका अनुसार यतिबेला भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकाले भारतबाट नेपाल लुकिछिपी आउने व्यक्तिहरुलाई पूर्ण रुपले रोक्न सीमामा कडाइ गरिएका बेला तस्करी गर्न खोज्दा नियन्त्रणमा लिन सजिलो भएको छ ।

|तस्वीरमा तस्करी। सौजन्यः रोडियो एनआरएन|

प्रतिक्रिया दिनुहोस्