काठमाडौंमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए



०३ बैशाख २०७७, काठमाडौं

काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ।

जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ।

लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बताएका छन् । सुरक्षाकर्मीको सदासयताको दुरुपयोग गर्दै लकडाउन उलंघन गर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको हो,ु डिआइजी पोखरेलको भनाई रहेको छ ।

बुधबार बिहान मात्र लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो।

प्रतिक्रिया दिनुहोस्