नुवाकोट र काभ्रेपलाञ्चोक निःशुल्क बस पठाइयो



०९ चैत २०७६, काठमाडौं

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस सेवा सञ्चालन गर्नुभएको हो ।

आज मात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका लागि सात तथा काभ्रेपलाञ्चोकका लागि दुई बस पठाइएको छ । समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष अधिकारीले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको जानकारी दिनुभयो ।

देशलाई दुःख परेका बेला आपूmले सहयोग गर्न लागेको अधिकारीको भनाइ छ । अधिकारी नुवाकोट निवासी हुनुहुन्छ । सोमबार पनि नुवाकोट र काभ्रेपलाञ्चोकका लागि निःशुल्क बस सञ्चालन हुने छन् । विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्