तीन दिनदेखि हराएका बालक मृतावस्थामा



०७ चैत २०७६, काठमाडौं

तीन दिनदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका–८ वर्षीय बालक मृतावस्थामा फेला परेका छन् ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी आज घर नजीकैको नालाको डिलमा मृतावस्थामा फेला परेको स्थानीयवासी हेमन्त चौधरीले जानकारी दिनुभयो ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा आज बिहान १०ः१५ बजे शव फेला परेको उहाँले बताउनुभयो । तीन दिनअघि हराएका बालकको खोजी भइरहेको थियो । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्