०९ फागुन २०७६, काठमाडौं
दोलखा कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो ।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।
थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।