प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेका युवकको मृत्यु



१४ माघ २०७६,काठमाडौं

बानेश्वरको महानगरीय प्रहरी वृत्त हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका अभियुक्तको मृत्यु भएका छन् ।

लागुऔषधको मुद्धाका कारण हिरासतमा रहेका हेम राउतको मृत्यु भएको हो ।

राउत शङखमूललगाएतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउमा परेको व्यक्ति हो । प्रहरी रेकर्डमा उनी तीन पटक धरौतीमा छुटेको काठमाडौं प्रहरीले जनाएको छ ।

राउत आईतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।

‘हामीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल लग्यौं’, प्रहरी नायब उपरीक्षक (डीएसपी) रेग्मीको भनाई छ, सिभिलबाट भेनस अस्पताल लगेका थियौं । यद्यपि, बचाउन सकिएन ।’

गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज  पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्