पर्यटन प्रवर्द्धनमा होटलको महत्वपूर्ण भूमिका हुन्छ : पूर्व पर्यटनमन्त्री शेर्पा



१९ पुस २०७६, काठमाडौं

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले पर्यटन प्रवर्द्धन गर्न होटलको महत्वपूर्ण भूमिका रहको बताउँदै नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने बताए ।

रानीमहल होटलको उद्घाटन कार्यक्रममा पूर्व पर्यटनमन्त्री शेर्पाले चीन र भारतको एक प्रतिशत जनसंख्या नेपाल भित्रदा पनि साडे ४ करोड पर्यटक नेपाल भित्रने बताए । करिव चार करोड पर्यटक भित्रदा हामीले उनीहरुलाई कहाँ व्यवस्था गर्न सक्छौ ? उनले फरक प्रसङ्गमा भने, व्यवसाय संचालन गर्न टिमबीच समजदारी, ईमान्दारी र जिम्मेवारी अतिआवश्यक हुन्छ त्यसको समाधान गर्न सके व्यवसायमा सफलता हात पार्न सकिन्छ ।

संचारकर्मी तथा कलाकार दिनेश डिसिले होटल व्यवसाय पेशा मात्र नभएर सेवा भएको धारणा ब्यक्त गरे । उलने भने पर्यटनसँग सम्बधित होटल तथा विभिन्न व्यवसायले भ्रमण वर्ष सफल पार्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्