माप्य दुधकोशीले गर्यो इङ्खु खोलाको जिर्ण पुलको स्थलगत अध्ययन



२९ भदौ, २०७६/जेपी थुलुङ सोलुखुम्बु

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले गाउँपालिकास्थित इङ्खु खोलामा रहेको जिर्ण झोलुङ्गे पुलको स्थलगत अध्ययन गरेको छ।

सोताङ गाउँपालिका २ र माप्य दुधकोशी गाउँपालिका ७ जोड्ने झोलुङ्गे पुल जिर्ण हुँदा आवतजावतमा समस्या भएको स्थलगत रिपोर्ट रेडियो साल्पाबाट प्रशारण भएपछि गाउँपालिकाकाले स्थलगत अध्ययन गरेको हो।

माप्य दुधकोशी गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष सगुजित राई, प्राविधिक सूर्य मगर तथा गाउँपालिकास्थित सरोकारवाला, बुद्धिजिवीसहितको टोलीले पुलको स्थलगत अध्ययन गरेको हो।

यसअघि रेडियो साल्पाले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई जिर्ण पुलको ध्यानाकर्षण गराउँदा १ हप्ता भित्रै अनिवार्य प्राविधिकको टोली खटाइ स्थलगत अध्ययन गर्ने प्रतिवद्धता जनाएका थिए।

पुल जिर्ण हुँदा सोताङ, महाकुलुङ तथा छिमेकी जिल्ला भोजपुर लगायतका नागरिकलाई माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हमु गाउँपालिकासम्मको यात्रा गर्न समस्या भएको थियो।

करिब १ दशकअघि निर्माण भएको उक्त पुलको माप्य दुधकोशी गाउँपालिकातिरको भागमा माथिबाट झरेको ढुङ्गाले भत्काएको थियो।

प्रतिक्रिया दिनुहोस्