नेपालमा यस्तो शिशुको जन्म भएपछि, भगवानको अवतार मानेर ढोग्नेहरुको लस्कर



२३ साउन २०७६, काठमाडौं अवटार

जनकपुरको मिहिलाल इन्टरनेशनल अस्पतालमा अनौठो बच्चा जन्मिएको छ । दुई वटा टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएपछि दुनियाँ चकित भएका छन् । र सबै मानिसहरु भगवानको अवतार मानेर हेर्ने र ढोक्नेहरुको लस्कर लागेका थिए ।

डाक्टर रुवी सिंह सहित उनको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुको जन्म दिएका थिए । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन ।

उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्