चर्चित नेता बाबुराम भट्टराईको राजनीति किन ओरालो गतिमा ?



०९ साउन २०७६, काठमाडौं

नेपाली राजनीति क्षेत्रमा निकै चर्चामा आएका र केहि बर्ष अगाडी राजनीति क्षेत्रमा तहल्का मच्चाएका राजनीतिज्ञ बाबुराम भट्टराईको राजनीति क्षेत्र किन बिचल्लीमा परिरहेको छ ? आम शुभचिन्तकहरुलाई कौतुहलता लागिरहेको होला ? आज हामीले त्यहि कौतुहलता मेटाउन चर्चित नेता बाबुराम भट्टराईको राजनीति क्षेत्रको बेलीबिस्तार प्रस्तुत गर्ने जमर्काे गरेका छौं ।

डाक्टर बाबुराम भट्टराई नेपालका एक आशा लाग्दा नेता हुन् । तर पछिल्लो अवस्था हेर्दा उनी अनुकुल बाटोमा देखिदैनन् । माओवादी जनयुद्धकालमा भट्टराई अन्य सार्वजानिक भएका व्यक्ति मध्ये सबै भन्दा लोकप्रिय थिए । माओवादी जनयुद्ध सफल पार्न मात्र होइन, माओवादीलाई शान्ती प्रक्रियामा ल्याएर देशकै स्थापित पार्टी बनाउन समेत भट्टराईको ठूलो योगदान रहेको छ । अर्थमन्त्री हुँदा सोचेभन्दा बढी कर उठाएका बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा देशभर बाटो बिस्तार गर्नेदेखि लिएर लघु उद्यम मार्फत रोजगारका सिर्जना गर्न समेत महत्वपूर्ण निर्णय गरेका थिए ।

निर्विवाद रुपमा बाबुराम भट्टराई नेपाली राजनितिका एक लोकप्रिय व्यक्तित्त्व हुन् । तर संविधान सभाबाट संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निमार्णको बहस चलाउनका लागि पार्टी छाडेका बाबुरामको करियरको गा्रफ उरालो लाग्दो छ । उनले लामो बहसपछि नयाँ शक्ति स्थापना गरेका छन् । तर नयाँ शक्ति नेपाली राजनीतिको नौलो शक्ति बन्न सकेन् । पार्टीमा माओवादी जनयुद्धको पृष्ठभूमि भएका नेता र अन्य पृष्ठभूमिबाट आएका नेताहरुबिच मत बाझियो । यसको चेपुवामा संयोजक बाबुराम भट्टराई परेका छन् ।

उनको पार्टीले स्थानीय तहका निवार्चनमा माओवादीलाई केहि क्षेत्रमा हराउन भुमिका खेल्ने बाहेक अरु उपलब्धि हासिल गर्न सकेन । अर्थात बाबुराम भट्टराईले आफुपनि हारे माओवादीलाई पनि हराए । भट्टराई आफैंले आफैंलाई यतीसम्म कमजोर ठाने कि उनी राजनीतिक रुपमा आफुभन्दा निकै जुनिएर उपेन्द्र यादवको नेत्तृत्वमा संघिय समाजवादी फोरममा दोस्रो बरियताको नेता बन्न सम्म तयार भए । तर विभिन्न कारणबस सफल हुन सकेन् । संघीय समाजवादीकै चुनाव चिन्ह लिएर नयाँ शक्तिका उमेरद्वारहरुसँग स्थानीय तहका निर्वाचनमा घुमेका थिए तर नतिजा राम्रो आएन ।

प्रदेशीय निर्वाचनको चुनावमा बाबुरामले नेपाली कांग्रेससँग मिलेर गोरखाबाट चुनाव जितेपनि उनको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । वामगठबन्धनमा फसेर फेरी नेपाली कांग्रेससम्मको सहारा माग्न पुगेका थिए भट्टराई । नयाँ शक्ति पार्टीले राष्ट्रिय मान्यता पाउन नसकेपछि उनले के गर्लान, भन्नेमा धेरैको आ-आफ्नो बिश्लेषण सुरु भएको छ ।

कांग्रेसको मिलापमा चुनाव जितेपछि उनले कांग्रेस नछोड्ने भनेर भाषण गरेका थिए । तर उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एक घण्टाको भलाकुसारी गर्नुलाई अर्थपूर्ण रुपमा लिएका छन् । पार्टीलाई राष्ट्रिय मान्यता नपाउनु अर्थात जनताले नपत्याउनु, पार्टीमा भएका नेताहरुले छोडेर हिड्नु, वामगठबन्धनमा नअटाउनु, कांग्रेसको छहारीमा जित्नु लगायतका घट्नाले उनलाई सक्रिय राजनीतिबाट बिस्थापित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्