ज्योतिष भनेर चिनिने अर्जुन क्षेत्रीबारे उनका साथीले खोले यस्तो रहस्य : बाहिरियो गोप्य च्याट



२९ जेठ २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा ज्योतिष अर्जुन क्षेत्री निकै भाइरल छन् । उनी बेला बेलामा विभिन्न अनुमानित कुराहरु लिएर मिडियामा आउने गर्छन् र त्यहि कारणले विवादित पनि बन्ने गरेका छन् ।

केहीसमय अघि उनले जेठको १७ देख २८ भित्र ७ रेक्टरसम्मको ठूलो भूकम्प जाने दाबी गरेका थिए । अर्जुनले आफूले भनेको कुरा अहिलेसम्म फेल नखाएको र भूकम्प नगए आफू जेल जान समेत तयार भएको बताएका छन् । उनले समाजमा क्रास फैलाएको भन्दै केहीदिन अघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अर्जुन झुट साबित भएका छन् । उनले जेठ २८ भित्र महाभूकम्प जाने बताएका थिए । तर त्यस्तो केहीपनि भएन । उनका पुराना साथी अहिले मिडियामा आएका छन् । त्यतिमात्र नभएर उनले अर्जुनका कर्तुत पनि खोलेका छन् । वास्तवमा अर्जुनले सुरुवाती क्रममा आफूलाई कलाकारको रुपमा चिनाएका रहेछन् ।

अर्जुनले आफ्ना साथीलाई आफू संगीत क्षेत्रमा जान मन भएको बताएका रहेछन् । उनले सुरुवाती क्रममा आफ्ना साथीलाई आफू ज्योतिष भएको पनि नबताएको उनले बताए । वास्तवमा अर्जुनले आफ्नो नाम पनि ढाटेका रहेछन् । उनले अर्जुनसँगको आफ्नो म्यासेज पनि देखाइदिएका छन् । यस हिसाबले अर्जुनले आफूलाई ज्योतिष बताएको कुरा झुट साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्