फुलन्देको आमा गइन् लट्टेसँग डेटिङ, दुईबीच चल्यो घमासान दोहोरी



२९ जेठ २०७६, काठमाडौँ

पछिल्लो समयमा दर्शकले निकै रुचाएको शो मुन्द्रेको कमेडी क्लब । विशेष यो शो मा हरेक हप्ता नयाँ नयाँ पाहुनालाई ल्याउने सिस्टमलाई दर्शकले निकै मन पराएका छन् । यो शो का चर्चित कमेडियन लट्टे र फुलेन्देको आमाको अहिले जताततै चर्चा भैरहेको छ ।

अझ धेरैले मुन्द्रेको कमेडी क्लब चल्नुको कारण नै फुलेन्देको आमा भएको बताएका छन् । उमेश राई रियल नाम भएका फुलेन्देको आमाको अभिनय र बोलीलाई दर्शकले औधी रुचाएका छन् । अहिले उनी देश तथा विदेशका कार्यक्रममा पनि निकै व्यस्त छन् ।

यस्तै लट्टे र फुलेन्देको आमा पहिलो पटक एक गीतको सुटिङमा भेटिएका छन् । यी दुई रियलमा एकअर्कासँग निकै मिल्ने गर्छन् । उनीहरुको आउने भिडियोमा लट्टे फुलन्देको आमाको देवरको रुपमा देखिने भएका छन् । पहिलो पटक मिडियामा  सँगै आउँदा लट्टे र फुलन्देको आमा एकअर्कासँग दोहोरी खेल्दै बसे । अहिले उक्त अन्तवार्तालाई दर्शकले निकै रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्