गर्लफ्रेण्डसँग ब्रेकअप हुँदा आमा सुस्मितालाई फोन गरेर रोएका थिए अनमोल



२९ जेठ २०७६, काठमाडौँ

अनमोल केसी युवापुस्तामा निकै लोकप्रिय नायक हुन् । उनलाई मन नपराउने सायद कोहीपनि छैनन्  होला । उनको नामले मात्र चलचित्र सुपरहिट हुने गरेका छन् । दर्शकको अत्याधिक माया पाउँदा पाउँदै पनि अनमोलले आफ्नो अभिनयबाट भने खासै वाहवाही पाउन सकेका छैनन् ।

पछिल्लो समयमा अनमोल अभिनीत चलचित्र ए मेरो हजुर ३ प्रदर्शनमा आएको थियो । अहिले उनी रेष्टमा छन् । अनमोलले ए मेरो हजुर ३ को प्र्रदर्शनको समयमा नै अब ६ महिना आफू कुनैपनि चलचित्रमा व्यस्त नहुने बताएका छन् । तर दर्शकले उनलाई निकै मिस भने गरिरहेका छन् ।

यस्तै अनमोलको विगतको रमाइलो कुरा बाहिर आएको छ । अनमोल अहिले कसैको पनि प्रेममा छैनन् । तर एक समयमा भने उनलाई गर्लफ्रेण्डको कमि थिएन । हुन त अहिले पनि युवतीहरु अनमोल भनेपछि हुरुक्कै हुने गर्छन् । तर एक समयमा अनमोल पनि केही युवतीको प्रेममा थिए । उनले आफ्नो हरेक कुरा उनकी आमा अर्थात् नेपाली चलचित्र जगतकी चर्चित नायिका सुस्मिता केसीलाई बताउने गरेका छन् ।

रमाइलो कुरा त के छ भने अनमोल कुनै समयमा आफ्नी प्रेमिकाको लागि रोएका पनि थिए । अनमोलले आफ्नी प्रेमिकासँग ब्रेकअप हुँदा रुदैँ आफ्नी आमालाई फोन गरेका थिए । अहिले यो कुरा सम्झदाँ उनी आफैँलाई हाँसो लाग्छ । अनमोल अहिले प्रेममा भन्दापनि आफ्नो करियरमा बढी फोकस गरिरहेका छन् । त्यसैले उनले अहिले प्रेम र विवाहको कुनै योजना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्