जर्मनमा परिवारसँग मस्ती गर्दै सुहाना (फोटो सहित)



२९ जेठ २०७६, काठमाडौँ

यतिबेला नायिका सुहाना थापा आफ्नो परिवारसँग जर्मनमा छिन् । उनी चलचित्र ए मेरो हजुर ३ को विशेष प्रदर्शनको लागि जर्मन पुगेकी हुन् । सुरुमा सुहाना र झरनाले केही देशमा ए मेरो हजुर ३ को शो सम्पन्न गरेका थिए भने अहिले सुनिल पनि झरना र सुहानासँग जोडिएका छन् ।

सुहाना झरना र सुनिलकी एकमात्र प्यारी छोरी भएकाले उनको आमाबुबासँग निकै नजिक छिन् । सुहानाले आफ्नो आमाबुबासँग रमाइलो गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।

सबैले सुहानाको परिवार निकै राम्रो भएको बताएका छन् । ए मेरो हजुर ३ को प्रदर्शन सकेर नेपाल फर्केपछि झरना आफ्नो अर्को प्रोजेक्टको लागि समय दिनेछिन् । झरनाको हातमा दुई चलचित्र रहेका छन्, ए मेरो हजुर ४ र भागवत गीता ।

यसमध्ये पहिले कुन चलचित्र निर्माण गर्ने भन्ने विषयमा झरना दोधारमा रहेकी छिन् । उनले आफूलाई पहिले भागवत गीत बनाउन मन भएको तर सबैले ए मेरो हजुर ४ बनाउन सल्लाह दिइरहेको हुँदा सबै कुरा सोचेर पहिले कुन चलचित्र निर्माण गर्ने भन्ने कुराको घोषणा गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्