‘मारुनी’ को पहिलो गीतमा देखियो साम्राज्ञी र पुष्पको बेजोड डान्स



२९ जेठ २०७६, काठमाडौँ

पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला चलचित्र मारुनी को प्रमोशनमा व्यस्त छिन् । चलचित्र मारुनी मा उनको जोडी मोडल तथा नायक पुष्प खड्कासँग बाधिएको छ । यस्तै मारुनी को पहिलो गीत भर्खरै सार्वजनिक भएको छ ।

रिक्कि शाक्यको शब्द र दिप बज्रचार्यको  संगीत रहेको गीतमा आवाज पनि दिपक बज्रचार्यको नै रहेको छ । डान्सिङ शैलीको जाम न माया जाम बोलको गीतमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी र पुष्प फिचर्ड छन् । गीतमा पुष्प र साम्राज्ञी बजोड डान्स पनि देख्न सकिन्छ । उक्त गीतमा प्रविन सिंहका कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्