सन्तोष भन्छन्, ‘२५ जनामा ६ युवती प्रदिपकी गीत बन्न योग्य छन्’



२९ जेठ २०७६, काठमाडौँ

केहीसमय अघि चलचित्र प्रेमगीत ३ मा नायिकाको लागि अडिसन भएको थियो । सुरुमा निर्माण टिमले अनलाइन अडिसन लियो । जसमध्ये उत्कृष्ट २५ छनौट गरी निर्माण टिमले फेरि विशेष अडिसन लिएको थियो । उत्कृष्ट २५ को अडिसन सकिसकेको छ ।

अब निर्माण टिमले छिट्टै २५ बाट ५ युवतीलाई छनौट गरी त्यसमध्येबाट गीतको भूमिकाको लागि एकलाई छान्ने भएको छ । तर सन्तोष सेनको ५ नभएर ६ युवती छनौट हुने बताएका छन् । उनले अडिसन दिएका युवतीमध्ये आफूले ६ युवतीहरु गीतको भूमिकाको लागि फिट हुने देखेको बताएका छन् ।

सन्तोषले लुक्स, अभिनय, बोली र प्रदिपसँग केमेष्ट्रि मिल्ने हिसाबका नायिकालाई आफूले रोजेको बताएका छन् । तर उनले नाम भने खुलाउन चाहेनन् । सन्तोषले असार १५ भित्र प्रेमगीत ३ को लागि गीत छनौट भैसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्