‘बोल माया’ की अञ्जलीले बहराइनमा ‘गलबन्दी’ गीतमा गरिन् यस्तो बबाल डान्स



२८ जेठ २०७६, काठमाडौँ

अञ्जली अधिकारी पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल हुन् । उनलाई अधिकांश दर्शकले बोल माया गीतबाट चिनेका हुन् । आजभोली जताततै अञ्जलीको चर्चा हुन थालेको छ । नृत्यमा पोख्त अञ्जली देश तथा विदेशका कार्यक्रममा समेत निकै व्यस्त हुने गरेकी छिन् ।

केहीसमय अघि बोल माया टिमको गलबन्दी गीत सार्वजनिक भएको थियो । जसलाई दर्शकले अत्यन्तै रुचाए । तर उक्त गीत सफल भएपछि सबैभन्दा धेरै फाइदा भने अञ्जलीलाई नै भएको छ । यस्तै अञ्जली केहीदिन अघि कार्यक्रमको सिलसिलामा बहराइन पुगेकी थिइन् । त्यहाँ उनले गलबन्दी बोलको गीतमा नाचेकी थिइन् ।

अञ्जलीको डान्समा दर्शक निकै नै झुमिरहेका थिए । उनले गीतमा झैँ स्टेजमा पनि लजाएर दिएको एक्सप्रेशनले सबैलाई घायल बनाइदिएको थियो । अहिले उनको उक्त डान्स सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्