आँचललाई भयो बिहे गर्ने रहर !



२८ जेठ २०७६, काठमाडौँ

आँचल शर्मा पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । यतिबेला भने उनी खासै चलचित्रमा व्यस्त छैनन् । तर चाडैँ नै उनी चलचित्र डामाडोल मा व्यस्त हुनेछिन् । आँचल आफ्नो कामले भन्दापनि पलसँगको प्रेमका कारण चर्चा आउने गरेकी छिन् ।

हुन त आँचल र पलले आफूलाई एकअर्काको निकै मिल्ने साथी भएको बताउँदै आएका छन् । तर पनि सबैले उनीहरुलाई प्रेमी प्रेमिकाको रुपमा नै हेर्ने गरेका छन् । आँचल अहिले सामाजिक सञ्जालमा उनको विवाहको कारणले चर्चामा छिन् ।

केहीसमय अघि नायिका बर्षा सिवाकोटीले आफूलाई विवाह गर्न रहर लागिरहेको बताउँदा नायिका आँचल शर्माले पनि सोही कुरा बताएकी छिन् । आँचल रमाइलो गरिरहनु पर्ने नायिका हुन् त्यसैले उनले यो कुरा पनि रमाइलोको लागि मात्र गरेकी हुन् । उनले अझै केहीसमय आफ्नो विवाह नहुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्