‘बोल माया’ टिमको ‘गलबन्दी’ ले बनायो नयाँ रेकर्ड, छोटो समयमा नै पायो युट्युबमा १ करोड भ्यूज



२८ जेठ २०७६, काठमाडौँ

प्रकाश सपूतको गलबन्दी गीतले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएको छ । यो गीतले अहिले जताततै चर्चा पाएको छ । त्यतिमात्र नभएर नयाँ रेकर्ड राख्न समेत सफल भएको छ ।

यो गीत युट्युबमा सार्वजनिक भएको आज १७ दिन पुरा भएको छ । यो गीतले युट्युबमा रिलिज गरिएको १६ दिनमै १ करोड भ्यूज पाउन सफल भएको छ । आजभोली सजिलै गीतहरु करोड क्लबमा पुग्छन् तर गलबन्दी गीतले सबैभन्दा छोटो समयमा करोड भ्यूज पाउने नेपाली गीतको इतिहास कायम गरेको छ ।

प्रकाश दर्शकले आफूलाई दिएको अपार माया र साथबाट निकै खुसी भएको बताउँछन् । उता शान्ति पनि दर्शकबाट नसाचेको माया पाएकालेमा दंग छिन् । यो गीतलाई अहिलेसम्म युट्युबमा १ करोड बढीले हेरेका छन् । गीतलाई ३ लाख ७ हजार लाइक्स र १२ हजार डिसलाइक प्राप्त भएको छ भने गीतमा लगभग २५ हजारले कमेन्ट गरेका छन् । अधिकांश कमेन्ट सकरात्मक मात्र रहेका छन् । त्यसैले पनि प्रकाश र गलबन्दी टिम निकै नै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्