‘गलबन्दी’ गीतलाई चोरीको आरोप लागेपछि प्रकाश सपूतले मुख खोले : शान्तिले भनिन्, ‘नसोचेको भयो’



२८ जेठ २०७६, काठमाडौँ

प्रकाश सपूतको गलबन्दी गीतले दर्शकको नसोचेको माया पाउन सफल भयो । बोल माया टिमले सिर्जना गरेको यो गीत बोल माया का कारण हिट हुन्छ भन्ने त सबैलाई थाहा थियो । तर यतिधेरै चर्चा पाउँछ भनेर कसैले पनि सोचेका थिएनन् ।

गलबन्दी गीतलाई दर्शकले यतिधेरै माया दिएका छन् कि स्वयम प्रकाश र शान्ति नै छक्क परिरहेका छन् । गीत हिट पनि भयो र दर्शकले गीतलाई अत्यन्तै माया पनि गरिदिए तर अन्तिम समयमा आएर यो गीतलाई चोरीको आरोप लागेको छ । वरिष्ठ गायक शम्भू राईको धेरै समय अघिको एक गीतसँग गलबन्दीको संगीत केही मिल्न गएपछि गलबन्दीलाई चोरीको आरोप लागेको छ । यस विषयमा प्रकाश र शान्तिले मुख खोलेका छन् ।

प्रकाशले आफूलाई शम्भू राईको उक्त गीतसँग आफ्नो गीत मिलेको कुरा थाहा नभएको बताएका छन् । उनले शम्भू सरको उक्त गीत आफूलाई राम्रोसँग थाहा नभएको बताएका छन् । प्रकाशले यो कुरालाई आफूले पोजेटिभ रुपमा लिएको बताएका छन् । उनले शम्भू राईले आफूलाई पर्सनल यो विषयमा केही पनि नभनेको र आफूले पनि केही नभनेको बताएका छन् । प्रकाशले यो गसिपलाई नर्मल रुपमा लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्