ठमेलमा नेहाले प्रस्तुती दिदाँ भयो यस्तो लफडा, तरपनि कन्सर्ट रोकिएन



२६ जेठ २०७६, काठमाडौँ

बलिउड नायिका नेहा कक्कर काठमाडौँ आइसकेकी छिन् । उनले ठमेलमा आफ्नो प्रस्तुती पनि दिइसकेकी छिन् । तर नेहाले प्रस्तुती दिने क्रममा ठमेलमा समस्या निम्तिएको छ । दर्शक क्षमताभन्दा बढी टिकट बेचेपछि दर्शकलाई नेहाको शो हेर्न असहज महशुस भएपछि समस्या आएको हो ।

२५ सय दर्शक क्षमता भएको ठाउँमा केही व्यक्तिले दर्शक क्षमताभन्दा बढी टिकट बेचेकाले ३ व्यक्ति पक्राउ समेत परेका छन् । आयोजकले बढी टिकट बेचेकाले प्रहरीले पक्राउ गरेको हो । तर नेहाको शो भने रोकिएन ।

नेहा पहिलो पटक काठमाडौँ आएकी थिइन् । उनले आफ्ना हिट गीतमा दमदार प्रस्तुती  दिएकी थिइन् । नेहाको प्रस्तुतीले ठमेलको माहोल नै अर्कै बनाइदिएको थियो । नेहालाई दर्शकको पनि निकै राम्रो साथ मिलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्