आज महानायक राजेश हमालको जन्मदिन, शुभकामना दिनेको ओइरो



२६ जेठ २०७६, काठमाडौँ

राजेश हमाल नेपाली चलचित्र जतगमा महानायकको रुपमा परिचित छिन् । उनी अहिले चलचित्रको पर्दाबाट टाढा छन् । तर केही न केही कारण उनी चर्चामा भने आइरहेका हुन्छन् । आज तिनै महानायक राजेश हमालको जन्मदिन रहेको छ ।

राजेश हमाल आजबाट ५५ बर्षमा लागेका छन् । उनले नेपाली चलचित्र जगतमा नै योगदान दिएको २० बर्ष वितिसकेको छ । २० बर्षको अन्तरालमा उनले नेपाली चलचित्र क्षेत्रमा थुप्रै सुपरहिट चलचित्र दिइसकेका छन् । उनले केही बर्षअघि विवाह पनि गरेका थिए । अहिले उनी आफ्नो वैवाहिक जीवनमा नै रमाइरहेका छन् ।

आज राजेशको जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो लागिरहेको छ । राजेशले पनि सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । हाम्रो तर्फबाट पनि महानायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्