राजेश हमालको सिग्नेचर पोज ‘थम्स् अप’ ! किन दिन्छन् हरेक फोटोमा एउटै पोज ?



२४ जेठ २०७६, काठमाडौँ

राजेश हमाल नेपाली सिनेवृतमा महानायकको रुपमा परिचित छन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । अहिले उनी चलचित्रमा त्यति देखिएका छैनन् । तर उनको चर्चा भने कत्तिपनि सेलाएको छैन । उनी बेला बेलामा मिडियामा आइरहेका हुन्छन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

उनी इन्ष्टाग्राममा दिनहुँ जसो फोटोहरु सेयर गरिरहेका छन् । उनी कहिले काहिँ फोटोको कारण ट्रोल पनि बनिरहेका हुन्छन् । यतिबेला भने राजेश हमाल को बन्छ करोडपति मा व्यस्त छन् । राजेश हमालको फोटोलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका गसिपहरु बन्ने गर्छन् । कारण उनको पोज हो । उनले हरेक तस्बिरमा थम्स् अप दिएका हुन्छन् । जहाँ जादाँ पनि र जो सँग फोटो खिच्दा पनि राजेश हमालको सधैँ एउटै पोज रहेको हुन्छ ।

उनको थम्स् अप टुटेको तस्बिर कमै मात्र भेटिन्छन् । धेरैले यो उनको सिग्नेचर पोज भएको पनि बताएका छन् । हुन त सबैको फोटो खिच्ने आ–आफ्नो तरिका रहेको हुन्छ । सायद राजेश हमालको पनि थम्स अप मनपर्ने पोज भएका कारण उनले अधिकांश फोटोमा थम्स अप दिने गरेका होलान् ।

प्रतिक्रिया दिनुहोस्