भारतीय रियालिटी शो मा जितेको गाडी अहिलेसम्म पाएकी छैनन् तेरिया मगरले !



२३ जेठ २०७६, काठमाडौँ

तेरिया मगर निकै चर्चित डान्सर हुन् । उनले सानो उमेरमा नै निकै सफलता हासिल गरिसकेकी छिन् । उनले भारतको २ ठूला रियालिटी शो पनि जितिसकेकी छिन् । उनी भारतमा नै बस्दै आएकी छिन् । तर केहीदिन अघि तेरिया नेपाल आएकी थिइन् ।

यसैक्रममा उनी आफ्नो घर रुपन्देही पनि पुगेकी थिइन् । रुपन्देहीमा तेरियाका हजुरबा र हजुरआमा बस्दै आएका छन् । उनीहरुले धेरैपछि  नातिनी घर आउँदा आफूलाई निकै नै खुसी लागेको बताएका छन् । त्यतिमात्र नभएर मिडिया पुग्दा उनीहरुले तेरियाको कोठा पनि देखाइदिए । तेरिया नबसेपनि तेरियाको कोठा भने निकै सफा र उनको ट्रफी र प्रमाणपत्रले भरिएको थियो ।

तेरियाले आफूले जितेको ट्रफी घरमै राखेकी रहिछिन् । तेरियाका हजुरबाले एक नयाँ रहस्य खोलेका छन् । उनले तेरियाले ठूलो रियालिटी जितेपनि त्यहाँबाट पाउनु पर्ने कार भने नपाएको बताए । उनलाई गाडी दिने कुरा थियो तर त्यो गाडी तेरियाले नपाएको उनले बताए । तरपनि नातिनीले संसारभर आफ्नो नाम यसरी परिचित गरेकोमा आफूहरु असाध्यै खुसी भएको उनीहरुले बताए । केहीदिनको बसाईपछि तेरिया पुनः मुम्बई फर्किसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्