आज बलिउडकी चर्चित गायिका नेहा कक्करको जन्मदिन, कति बर्षकी भइन् त उनी ?



२३ जेठ २०७६, काठमाडौँ

नेहा कक्कर बलिउडकी निकै चर्चित गायिका हुन् । बलिउडमा उनको डिमाण्ड निकै हाई छ । नेहा केहीदिन भित्रै नेपाल पनि आउँदैछिन् । नेहाले बलिउडमा निकै हिट गीतहरु गाएकी छिन् । आज उनै चर्चित गायिका नेहा कक्करको जन्मदिन रहेको छ ।

आजबाट नेहा ३० बर्षमा लागेकी छिन् । उनलाई धेरै दर्शकले इन्डियन आइडल को अडिसन गएपछि चिन्न थालेका हुन् । उनले यो क्षेत्रमा आफूलाई स्थापित गर्न निकै नै परिश्रम गरेकी छिन् । त्यसैले आज उनी यो स्थानसम्म आइपुगेकी छिन् ।

नेहाको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । उनी जहाँ जान्छिन् त्यहाँ उनको प्रशंसा हुने गरेको छ । आज नेहाको जन्मदिन परेकाले उनका फ्यानले उनलाई विभिन्न माध्यमबाट निकै शुभकामना दिइरहेका छन् । उनको फ्यान बलिउडमा मात्र नभएर नेपालमा पनि उत्तिकै रहेका छन् । हाम्रो तर्फबाट पनि नेहालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्