‘प्रदिप–जसिताको भन्दा मेरो र प्रदिपको जोडी बढी जम्छ’ : अलिशा शर्मा



२३ जेठ २०७६, काठमाडौँ

अलिशा शर्मा पछिल्लो सयमकी निकै चर्चित र व्यस्त मोडल हुन् । अझ उनी नृत्यमा निकै अव्वल छिन् । उनले धेरै सुपरहिट म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । यस्तै अलिशाको चर्चा यतिबेला चलचित्र प्रेमगीत ३ को नायिकाको लागि अडिसन दिन गएकाले भएको छ ।

चलचित्र प्रेमगीत ३ को नायिकाको लागि भैरहेको अडिसनमा उनी पनि सहभागी भएकी थिइन् । लगभग ३ हजारबाट अलिशा उत्कृष्ट २५ मा पर्न सफल भएकी थिइन् । उनले अडिसन दिइसकेकी छिन् । अलिशाले आफूले अडिसन राम्रो दिएको बताएकी छिन् । अलिशालाई अडिसन दिएर निस्कने बित्तिकै तपाईले प्रदिपको चलचित्र हेर्नु भएको छ भनेर सोधिएको थियो ।

जहाँ अलिशाले आफूले प्रदिपको हरेक चलचित्र हेर्ने गरेको बताइन् । त्यस्तै उनलाई यदि तपाई प्रदिपकी नायिका बन्नु भयो भने प्रदिपसँग तपाईको जोडी कस्तो जम्ला भनेर पनि सोधिएको थियो । जहाँ उनले आफ्नो अनुहार नै मिलेको भएकाले हरेक नायकसँग आफ्नो केमेष्ट्रि मिल्ने बताएकी छिन् । त्यस्तै उनले यदि आफू प्रेमगीत ३ की नायिका बनेमा प्रदिप र जसिताको भन्दापनि आफ्नो र प्रदिपको जोडी सुहाउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्